Logo
१२ बैशाख २०८१, बुधबार
(July 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड सुपरस्टार शाहरुख खान र काजोल फेरि पर्दामा देखिने

एजेन्सी : बलिउड सुपरस्टार शाहरुख खान र काजोलले सुपरहिट फिल्ममा सँँगै काम गरेका छन् । यो जोडी फेरि पर्दामा देखिन सक्ने सम्भावना बढेको छ ।

एक न्यूज पोर्टलका अनुसार, काजोल र शाहरुख करण जोहरको एक नयाँ फिल्ममा फेरि एकपटक सँगै देखिन सक्नेछन् । करण अहिले आफ्नो नयाँ प्रोजेक्टका लागि स्क्रिप्टको काममा व्यस्त छन् र उनले शाहरुख र काजोलसँग सम्पर्क गरेका छन् ।

पछिल्लो पटक यी दुई अभिनीत नयाँ फिल्म ‘दिलवाले’ रिलिज भएको थियो ।

शाहरुख खान अचेल फिल्म ‘जिरो’ को छायांकन र काजोलले हालैमा हलिउडको एनिमेटेड फिल्म ‘इनक्रेडिबल्स-२’ का लागि आवाज दिएकी थिइन् । लामो समयपछि करण जोहरको ब्यानर काम गर्न लागेको यो जोडीले पर्दामा कस्तो कमाल गर्ला ? हेर्न बाँकी छ ।

प्रकाशित मिति: Jul 5, 2018

प्रतिक्रिया दिनुहोस्