Logo
१२ बैशाख २०८१, बुधबार
(July 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसीलाई साथ दिन र अधिकारीको स्वास्थ्यवस्था बुझ्न कांग्रेसले ३ नेता पठाउने

काठमाडौँ : नेपाली कांग्रेसले प्राध्यापक डा. गोविन्द केसीको अनशनमा समर्थन जनाउन तथा उनको स्वास्थ्य अवस्था बुझ्न आफ्ना तीन नेतालाई जुम्ला पठाउने निर्णय गरेको छ ।

कांग्रेसले वीर अस्पतालमा लामो समयदेखि अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य बुझ्न सांसदको तीन सदस्यीय टोली पठाउने पनि निर्णय गरेको छ ।

चिकित्सा शिक्षाका लागि यसअघि भएका सम्झौता कार्यान्वय तथा सरकारको निषेधाज्ञाबारे आपत्ति जनाउँदै जुम्ला सदरमुकाममा अनशनरत केसीलाई भेट्न तीनजना नेता पठाउन लागिएको कांग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

सचेतक खाँणले जुम्ला जाने सांसद तथा नेताहरुको नाम बुधबारै दिउँसो तय गरिने जानकारी दिए ।

प्रकाशित मिति: Jul 4, 2018

प्रतिक्रिया दिनुहोस्