Logo
८ बैशाख २०८१, शनिबार
(July 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक साताको अवधिमा बाढी पहिरोबाट २६ को मृत्यु, दर्जन घाइते (विवरण सहित)

काठमाडौँ, २० असार : देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरोबाट एक साताको अवधिमा २६ जनाको मृत्यु भएको जानकारी गराएको छ ।

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा समय लिएर बोल्दै असार १५ गतेदेखि आजसम्म बाढी, पहिरोबाट १६ जिल्लामा मानवीय क्षति पुगेको जानकारी गराएका हुन् ।

उनका अनुसार २६ को मृत्यु, करिब एक दर्जन व्यक्ति घाइते छन्। उनीहरुको अवस्था चिन्ताजनक रहेको पनि गृहमन्त्री थापाले सदनलाई जानकारी गराए। दुई जना बेपत्ता रहेको उनले बताए ।

प्रभावित क्षेत्रहरुमा तत्काल राहत र उद्धारका कार्य थालिएको उनले बताए। गृहमन्त्रीले दिएको तथ्यांकअनुसार विपद्‌बाट मृत्यु भएकाको विवरण यसप्रकार छन् :

बाँके – ४ जना
रोल्पा – ३
सिन्धुली- २
कैलाली-१
चितवन- १
पर्सा-२
काठमाडौं-१
सर्लाही- २
तनहुँ- २
उदयपुर-१
सिराह-१
दाङ-१
मकवानपुर-२
महोत्सरी-१
बर्दिया-१
बारा-१

 

प्रकाशित मिति: Jul 4, 2018

प्रतिक्रिया दिनुहोस्