Logo
१२ बैशाख २०८१, बुधबार
(July 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको सचिवालय बैठक : सरकारको कार्यशैलीप्रति प्रचण्डले उठाए प्रश्न

काठमाडौं, २० असार : सत्तारुढ दल एमाले र माओवादी मिलेर बनेको नेकपाको पार्टी सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा सम्पन्न भएको छ ।

आज विहान बसेको बैठकमा सरकारको कामकारबाही सन्तोषजनक नभएको अध्यक्ष प्रचण्डले गुनासो पोखेका थिए ।
यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते सो पार्टीको सचिवालय वैठक बसेको थियो ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले जनतामा निराशा छाउन सुरु गरेकोले सरकारले सर्भिस डेलिभरीतिर अब विशेष ध्यान पुर्याउनुपर्ने सुझाव दिए ।

नौ सदस्यीय नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीको केपी ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्य्विभाजन र संसदीय समिति गठन लगायतका विषयमा छलफल समेत भएको थियो ।

प्रकाशित मिति: Jul 4, 2018

प्रतिक्रिया दिनुहोस्