Logo
८ बैशाख २०८१, शनिबार
(July 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचारको आरोपमा पक्राउ परेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब जमानतमा रिहा

क्वालालम्पुर : मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा भएका छन् । उनलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो ।

उनलाई लागेको भ्रष्टाचार सम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार यहाँको भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि पक्राउ गरिएको सम्बन्धित अधिकारीहरूले बताएका थिए । निवर्तमान प्रधानमन्त्री रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको छ । ६४ वर्षीय रजाकविरुद्ध बुधबार सोही अभियोग दर्ता गरिने भएको छ ।

भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको संसदीय निर्वाचनमा उनको सत्तारुढ गठबन्धन पराजित भएको थियो । उनले गरेको भनिएको सो भ्रष्टाचारको विषयलाई विपक्षी दलहरुले एजेण्डा बनाएका थिए । सोही कारण उनको दलले निर्वाचन हारेको थियो भने ९२ वर्षीय महाथिर मोहम्मदको दलले स्पष्ट बहुमत हासिल गरेको थियो । मोहम्मद हाल प्रधानमन्त्री छन् ।

निवर्तमान प्रधानमन्त्री रजाकका राजनीतिक गुरु र अभिभावकसमेत रहनु भएका मोहम्मद नेतृत्वको पार्टीले नै रजाकको दललाई पराजित गरिदिएको हो । हालसालै सत्ताबाट बाहिरिएका रजाक करिब महिनादिन भित्रै भ्रष्टाचारको आरोप खेपिरहेका छन् । निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देश बाहिर जान पनि प्रतिबन्ध लगाइएको थियो ।

सरकारी लगानीको एक कम्पनीमा उनको सरकारले गरेको आर्थिक कारोबार अपारदर्शी देखिएकोमा उनीमाथि अनियमितताको प्रश्न उठाइएको छ ।

प्रकाशित मिति: Jul 4, 2018

प्रतिक्रिया दिनुहोस्