Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नुहाउन गएका दुई जना बालक नदीमा डुबेर मृत्यु

कैलाली : कैलालीको गौरीगंगा नगरपालिका– ११ शिवपुरमा मंगलबार साँझ नदीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

स्थानीय कटैनी नदीमा साथीको साथमा नुहाउन गएका शिवपुरका हर्क भुलका आठ वर्षीय छोरा सचिन भुल र सोही स्थानका बाधुराम चौधरीका १२ वर्षीय छोरा अमन चौधरीको करीब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

नदीको पानीको सतह बढेका कारण पौडी खेल्ने क्रममा मुत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले बताए । मृतक दुवै बालकको शव परीक्षणमा लागि सेती अञ्चल अस्पताल, धनगढी पु¥याइएको बताइएको छ ।

प्रकाशित मिति: Jul 4, 2018

प्रतिक्रिया दिनुहोस्