Logo
१२ बैशाख २०८१, बुधबार
(July 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रर्दशन मिति २९ गतेलाई तोकिएको चलचित्र “बाबु कान्छा”को टाइटल गीत सार्वजनिक

काठमाडौँ : चलचित्रको प्रर्दशन मिति २९ गतेबाट लाई तोकिएको चलचित्र “बाबु कान्छा”को टाइटल गीत सार्वजनिक गरिएको छ । गीतमा सलोन र करीश्मा रोमान्स देख्न सकिन्छ ।

टंक बुढाथोकीको शब्द तथा संगीत रहेको गीत शम्भुजित बास्कोटाले गाएका छन् । सलोन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र शोभित बस्नेतले निर्देशन गरेका छन् ।

रामजी लामिछाने र दिपेन्द्र तिमिलसिनाको कोरियोग्रफी रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द रहेको छ । चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी रहेका छन् भने सहनिर्मातामा सन्तोष राज भण्डारी र सुरज घिमिरे रहेका छन् ।

चलचित्र छायाँकनमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको हात रहेको छ भने रामजी लामिछाने, गौतमराज खड्काको सम्पादन रहेको छ । चलचित्रमा सलोन बस्नेत सगैँ करिश्मा श्रेष्ठ, सरोज खनाल, नीर शाह, राजाराम पौडेल,लय संगौला,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, बिक्रम कंडेल, रामेश्वर रिजाल शुशान्त श्रेष्ठ, आदि कलाकारहरुको अभिनय रहेको छ ।

प्रकाशित मिति: Jul 4, 2018

प्रतिक्रिया दिनुहोस्