Logo
१३ बैशाख २०८१, बिहीबार
(July 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्विजरल्याण्डलाई पराजित गर्दै स्वीडेनले विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

एजेन्स : स्विजरल्याण्डलाई पराजित गर्दै स्वीडेनले विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ मंगलबार भएको प्रिक्वार्टरफाइनलको खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १-० गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

स्वीडेनका लागि इमिल फोर्सबर्गले निर्णायक गोल गरेका थिए । पहिलो हाफ बराबरीमा रोकिएको खेलमा स्वीडेनले दोस्रो हाफमा निर्णायक गोल गरेको हो। इमिल फोर्सबर्गले ६६ औं मिनेटमा स्वीडेनका लागि निर्णायक गोल गरेका हुन् ।

फोर्सबर्गले डी बक्सबाट प्रहार गरेको बल सजिलै गोलकिपर यन सोमरको हातमा जादै थियो तर बीचमा डिफेन्डर मान्युयल आकान्जीले रोक्न खोज्दा उनको खुट्टामा लाग्दै बलले पोस्टको दायाँ किनारबाट जाली चुमेको थियो ।

योसँगै स्विडेन २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । सन् १९९४ मा सेमिफाइनलमा पुगेको स्विडेन त्यसयता क्वार्टफाइनलमा पुग्न सकेको थिएन। अब स्विडेनले सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड सँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: Jul 4, 2018

प्रतिक्रिया दिनुहोस्