Logo
६ बैशाख २०८१, बिहीबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपद्को समयमा बाढीपीडितलाई राहत दिन राष्ट्रिय जनमोर्चाद्धारा सहयोगको माग

काठमाडौं : वर्षा याममा बाढीपहिरो पीडितलाई राहत वितरणका लागि राष्ट्रिय जनमोर्चाले सहयोग संकलन सुरु गरेको छ । पार्टीले आफ्नै विपद व्यवस्थापन कोष निर्माण गरी देश विदेशबाट सहयोग आहृवान गरेको हो ।

नेपालमा बाढी पहिरोबाट धेरै नै क्षति पुग्ने सम्भावना रहेको भन्दै जनमोर्चाले सहयोग संकलन अभियान सुरु गरेको हो ।गत वर्ष पनि देशभित्र र बाहिरबाट संकलित रकम ८१ लाख रुपैयाँको राहत वितरण गरिएको भन्दै जनमोर्चाले यसवर्ष कोषमा जतिसक्दो छिटो बढी भन्दा बढी रकम पठाउन अपिल गरेको छ ।

देशभित्र वा बाहिरका विभिन्न स्थानहरुबाट आउने सहायताबाट बाढी र पहिरोबाट पीडित जनतालाई केही सहायता पुग्यो भने पनि त्यो खुसीको कुरा हुनेछु, भन्दै जनमोर्चाले क्षतिग्रस्त स्थानहरुमा तुरुन्त उद्धार तथा राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्