Logo
१३ बैशाख २०८१, बिहीबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचारको आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब पक्राउ

काठमाडौं : मलेसियाका पूर्वप्रधानमन्त्री दातुक सेरी नजिव तुन रज्जाक पक्राउ परेका छन् । भ्रष्टाचार सम्बन्धि मुद्दामा उनी मंगलार दिउँसो पक्राउ परेका हुन् ।

मलेसिया एन्टि–करप्सन कमिसन (एमएसिसी) ले उनलाई निवासबाटै पक्राउ गरेको हो । उनीविरुद्ध बुधबार अभियोजन हुने (एमएसिसी) ले जनाएको छ ।

मलेसियामा नयाँ सरकार बनेपछि यसअघिको भ्रष्टाचारको छानबिन भइरहेको छ । उनीमाथि राज्यकोषको रकम हलिउड फिल्ममा लगानी गरेको आरोप छ ।

सरकारले चलाएको वान मलेसियन डेभलपमेन्ट बेरहाद (वानएमडीबी) नामक कम्पनीबाट करिब ७० लाख अमेरिकन डलर हिनामिनाको आरोपमा उनीमाथि छानबिन सुरु भएको हो ।

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्