Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता छन्, गर्भावस्थामा आँप खानुका फाइदा

गर्भावस्थाका बेलामा महिलालाई प्रशस्त मात्रामा पौष्टिक तत्वको आवश्यकता पर्दछ । त्यसैले यस्तो बेलामा बिभिन्न किसिमका फलफूल तथा तरकारीहरु खानु उत्तिकै जरुरी हुन्छ । गर्भवती महिलाले खाने पोषक तत्वद्धारा पेटको बच्चामा पोषक तत्व प्राप्त हुन्छ । त्यसैले गर्भावस्थाका बेलामा प्रशस्त मात्रामा पोषक तत्व खाने गर्नु पर्दछ ।

१. मौसमी फल तथा फलफूलको राजा भनेर चिनिने आँपमा भिटामिन ए, सी, भिटामिन बी का साथै पोटाशियम, फ्लोरिक एसिड पाइन्छ । जुन गर्भवती महिलाका लागि आवश्यक हुन्छ ।

२. आँपमा एन्टी अक्सिडेन्ट हुन्छ जसले शरीरमा रोगप्रतिरोधात्म क्षमतामा बृद्धि गर्न मद्दत गर्छ ।

३. आँपको सेवनले शरीरमा शक्ति पैदा गर्नुका साथै आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ ।

४. गर्भावस्थाका बेलामा आँपको सेवन गर्नाले पाचन सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ । साथै गर्भावस्थामा हुने कब्जियतबाट आराम मिल्छ ।

५. आँपमा प्रशस्त मात्रामा फाइबर हुन्छ यसको सेवनले गर्भावस्थाका बेलामा हुने ब्लडप्रेशरको लेवललाई नियन्त्रण गर्न मद्दत गर्छ ।

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्