Logo
१३ बैशाख २०८१, बिहीबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घोराही उपमहानगरपालिकामा २४ लाखको लागतमा झोलुङ्गे पुल निर्माण

दाङ : घोराही उपमहानगरपालिका वडा नं १३ र वडा नं १९ जोड्न सेवार खोलाको लापेमा झोलुङ्गे पुल निर्माण भएको छ । झण्डै रु २४ लाखको लागतमा सो पुल निर्माण भएको हो ।

सेवा प्रतिष्ठान नामक संस्थाले जिम्मा लिएर बनाएको उक्त पुल सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका छन् । पुल निर्माण भएपछि वडा नं १३ का खानीगाउँ, कोलवन, मलार गाउँका १५० बढी घरधुरीका एक हजार ९५ जनालाई आवतजावतमा सहज भएको पुल निर्माण समितिका अध्यक्ष तिलकबहादुर बुढाले जानकारी दिए ।

पुल नहुँदा त्यस भेगका बासिन्दालाई मुख्य सडकमा पुग्न धेरै हिँड्नुपर्ने र वर्षायाममा भेल आउँदा खोलापारि नै बास बस्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् ।

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्