Logo
१५ चैत्र २०८०, बिहीबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिनभरी थकित र अल्छीपनको महसुस किन हुन्छ ? थाहा पाउनुस् यस्ता छन् कारण

दिनभरी कार्यक्षेत्रमा थकित र अल्छीपनको महसुस गर्नुभएको छ ? प्रशस्त निन्द्राको बाबजुत पनि निन्द्रा लाग्ने, थकित महसुस गर्ने भइरहेको छ भने यी हुन सक्छन् यसका कारणहरु ।

१. प्रशस्त पानी नपिउनु : अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम भएमा यसले तापाइँलाई थकित महसुस गराउँछ । त्यसैले प्रशस्तमात्रामा पान पिउने गर्नुस् ।

२. आइरनको कमी : रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित बनाउँछ । आइरन प्रसस्तमात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुुस् ।

३. ब्रेकफास्ट : ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभरीनै तपाइँ थकित रहने सम्भावना प्रवल हुन्छ ।। त्यसैले ब्रेकफास्टमा नियमित रहनुस् ।

४. अनियमित ब्यायाम : यदि तपाइँ ब्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने ब्यायाम छाड्नुभएको दिन तपाइँ पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न त्यसैले ब्यायामलाई नियमित बनाउनुस् ।

५. काममा लोड : कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले तापाइँलाई फूर्तिलो रहन दिदैन । याद रहोस् तनावले विस्तारै विस्तारै तपाइँलाई गलाइरहेको हुन्छ । (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्