Logo
१२ बैशाख २०८१, बुधबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निरन्तर वर्षाका कारण हवाई उडान बन्द, यात्रु अलपत्र

बाँके : निरन्तरको भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ ।

आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्र अन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताएका छन् ।

नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहुँदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् ।

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्