Logo
१५ चैत्र २०८०, बिहीबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन दिनमै तीन खानलाई जित्दै संजूको रेकर्ड

एजेन्सी : रणवीर कपुरको फिल्म ‘संजू’ पहिलो विकेण्डमा सबैभन्दा धेरै कमाइ गर्ने बलिउड फिल्म बनेको छ । संजय दत्तको बायोग्राफी फिल्मले पहिलो विकेण्डका तीन दिनमा ११७ करोडको कमाइ गर्दै सबैभन्दा धेरै कमाइ गर्ने बलिउड फिल्म बनेको हो ।

यसअघि पहिलो विकेण्डमा सबैभन्दा धेरै कमाउने बलिउड फिल्म सलमान खानको टाइगर जिन्दा है थियो । टाइगर जिन्दा है ले पहिलो विकेण्डमा ११५ करोड कमाएको थियो ।

यद्यपि संजू पहिलो विकेण्डमा सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्म भने बन्न सकेन । भारतका सबै फिल्म उद्योगमध्येमा पहिलो विकेण्डमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म भने बाहुबली हो । तर, बाहुबली भने बलिउड फिल्म नभइ दक्षिण भारतीय फिल्म हो । बाहुबलीले पहिलो विकेण्डको ३ दिनमा १२८ करोड कमाइ गरेको थियो ।

ट्रेड एनालिस्ट रमेश बालाले संजूले सुरुका ३ दिनमा ११७ करोड कमाइ गरेको पुष्टि गरे । उनका अनुसार संजूले तेस्रो दिन आइतबार ४३।६५ करोड कमाइ गरेको छ । पहिलो दिन ३४।७५ करोड कमाइ गरेको संजूले दोस्रो दिन ३८।२५ करोड कमाइ गरेको थियो । संजू भारतभर ४ हजार स्क्रिनमा रिलिज भएको छ । विदेशमा १३०० स्क्रिनमा संजू रिलिज भएको थियो । कूल ५३०० स्क्रिनमा रिलिज भएको संजूको सिंगल स्क्रिन थिएटरमा पनि निकै ठूलो परिमाणमा एडभान्स बुकिङ भइरहेको छ ।

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्