Logo
१३ बैशाख २०८१, बिहीबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानलाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा

एजेन्सी : बेल्जियम रुसमा जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एशियाली प्रतिस्पर्धी जापानलाई ३ – २ गोलले हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेकोे हो । बेल्जियमले खेल आफ्नो पक्षमा निर्णायक बनाउन खेलको अन्तिम मिनेटसम्म संघर्ष गर्नुपर्‍यो। खेल एक समयमा जापानले २-० गोलले बेल्जियमसँग अग्रता बनाएको थियो ।

जापानका लागि सुरुमै दुई गोल गर्ने क्रममा गेनकी हारागुचीले ४८औँ र टाकासी इनुले ५१औँ मिनेटमा दोस्रो गोल प्रहार गरेर खेलमा दुई शुन्यको अग्रता कायम गरेका थिए । तीन मिनेटभित्र दुई गोल खाएको बेल्जिमले खेलमा फर्कन कठिन संघर्ष गर्नुपर्‍यो । बेल्जियमका लागि जन भेर्टङ्गनले ६९औँ मिनेटमा गोल गरे ।

त्यसपछि मारोउने फिलाइनीले ७४ औँ मिनेटमा गोल गरेर जापानसँग बराबरी गरे। निर्धारित ९० मिनेटमा बराबरीमा सकिएको खेलमा चार मिनेट अतिरिक्त समय थपिएको थियो । जसको चौथो मिनेटमा नासेर चडलीले विजयी गोल गरे । जापानको यो पराजयसँगै विश्वकप यात्रा टुंगिएको छ। बेल्जियमले क्वाटरफाइनलमा अब ब्राजिलको सामना गर्नुपर्ने भएको छ । ब्राजिल र बेल्जियमको नकआउट चरण खेल असार २२ गते हुने भएको छ ।

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्