Logo
७ बैशाख २०८१, शुक्रबार
(July 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फास्ट ट्रयाकबाट अघि बढाउने भनिएको चिकित्सा शिक्षा विधेयक कार्यसूचीबाट हटाइयो

काठमाडैँ : चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाको कार्यसूचीबाट हटेको छ । शुक्रबार दर्ता भएको विधेयकलाई सरकारले फास्ट ट्रयाकबाट अघि बढाउने तयारी गरेको थियो।

नेपाली कांग्रेसले सरकारले ल्याएको प्रतिस्थापन विधेयक अस्वीकार गर्दै संसद अवरोधको चेतावनी दिएपछि संसद बैठकको कार्यसूचीमा विधेयक नराखिएको हो । प्रतिस्थापन विधेयक अगाडि नबढेसँगै अध्यादेश समेत निष्क्रिय हुने भएको छ। अब सरकारले नयाँ चिकित्सा शिक्षा विधेयक ल्याएपछि मात्र संसदमा प्रक्रिया अगाडि बढ्नेछ ।

विधेयक आउनुअघि नै संसदीय समितिहरू गठन भए समितिहरूमा संशोधनमाथि छलफल भएर मात्र विधेयक अगडि बढ्नेछ । चिकित्सा शिक्षा अध्यादेश अस्वीकृत तथा प्रतिस्थापन विधेयक अगाडि नबढेसँगै चिकित्सा शिक्षा कानुन अनिश्चित कालका लागि पछाडि धकेलिएको छ ।

प्रकाशित मिति: Jul 2, 2018

प्रतिक्रिया दिनुहोस्