Logo
७ बैशाख २०८१, शुक्रबार
(July 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धारिलो हतियार प्रयोग गरी बालकको हत्या

धादिङ : बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ ।

घरमा खेलिररहेका दुई वर्षीय आयुश सार्कीलाई निजकै काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताएका छन् ।

हत्यापछि फरार भएका अभियुक्तको खोजी भइरहेको र प्रहरीको व्यापक परिचालन गरिएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुलेको छैन ।

प्रकाशित मिति: Jul 2, 2018

प्रतिक्रिया दिनुहोस्