Logo
८ बैशाख २०८१, शनिबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तोकिएको जिम्मेवारी पूरा गर्न प्रहरी अधिकृतहरुलाई महानिरीक्षकको निर्देशन

काठमाडौं, १७ असार : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको उद्देश्यप्रति गम्भीर भई तोकिएको जिम्मेवारी पूरा गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् । आज प्राविधिक प्रहरी उपरीक्षक, प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उनले सो निर्देशन दिएका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिए ।नेपाल प्रहरीमा प्राविधिकको भूमिका र जिम्मेवारी निकै महत्वपूर्ण रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले व्यावसायिक रुपमा निर्भिक, इमान्दार, कर्तव्यनिष्ठ भई खुसीसाथ काम गर्न निर्देशन दिए ।

उनले प्रहरी कर्मचारीले सम्पादन गरेको काम, अनुभव र अन्य मूल्याङ्कनको आधारमा वृत्ति विकास गर्नेतर्फ संगठन सदैव सकारात्मक रहने समेत उनले बताए । समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्