Logo
१३ बैशाख २०८१, बिहीबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वृद्धाश्रम हेरचाह केन्द्रलाई व्यवस्थित गर्न सामूहिक प्रयासमा जोड

नेपालगञ्ज : नेपालमा सञ्चालित वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रलाई थप व्यवस्थित गर्न सबैको सामूहिक प्रयास हुनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले आज यहाँ आयोजना गरेको ‘वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा आश्रित जेष्ठ नागरिकको अवस्था’ विषयको अन्तक्र्रियाका सहभागीले केन्द्रलाई थप व्यवस्थित गर्न सामूहिक प्रयासको आवश्यकता भए पनि सरकारले यसका लागि ठोस संरचना निर्माण गर्नुपर्ने सुझाव दिए ।

बाँके, बर्दिया, दाङ र नवलपरासीका वृद्धाश्रम सञ्चालक, मानव अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको अन्तक्र्रिया कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले नेपालमा अहिले ५३ वृद्धाश्रम सञ्चालनमा रहेको जानकारी दिए । उनले भने, राज्यका निकायसँग सबै वृद्धाश्रमको लगत नै छैन, आयोगले अहिले आप्mनै पहलमा वृद्धाश्रमका विभिन्न पक्षको सर्वेक्षण गरिरहेको छ ।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्