Logo
४ बैशाख २०८१, मंगलबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुधार गृहबाट निस्केर कपिल शर्मा प्रेमीकासँग पुगे ग्रिस

काठमाडौं, १७ असार : पछिल्लो समय मुम्बई एयरपोर्टमा देखिएका कमेडिएन कपिल शर्मा बिभिन्न बिवादका कारण आजभोलि गुमनाम जिन्दगी बिताईरहेका छन । स्रोतका अनुसार पछिल्लो समय मुम्बई एयरपोर्टमा देखिएका उनी आफ्नो बन्न गैरहेकी दुलहीसँग ग्रिसमा रमाईलो गरिरहेका छन ।

आजभाेिल कपिल केही हप्ताका लागि आफ्नी प्रेमिका गिन्नी चतरथको साथमा ग्रिसमा रमाईरहेका छन । जहाँ उनले आफ्नो शरिरलाई पनि बिशेष ध्यान दिईरहेको कुरा जानकारीमा आएको छ । प्राप्त जानकारी अनुसार काम नपाए कै कारण उनको हालत दिनप्रति दिन खराबहुँदै गैरहेका कारण उनी आफ्नो चिन्ताको विषयबाट छुट्कारा लिन खोजिरहेका छन ।

पछिल्लो समय कपिलको ‘कमेडी वीथ कपिल नामक शो’ बिविध कारणबस नराम्रो तरिकाले असफल भयोे । आफ्नो नयाँ सो ‘फेम्ली शो वीथ कपिल’ लिएर आएका उनले तिनवटा मात्रै इपिसोड प्र्रसारण गर्नसके पछि कार्यक्रममा बन्द गरिदिएका थिए ।

त्यसपछि उनलाई बिभिन्न आरोपहरु लाग्दै गए । जुन आरोप उनले आफ्नी पूर्व-प्रेमीकाको हात रहेको जनाउँदै आएका छन । खबरका अनुसार पछिल्लो समय आफ्नो खसकिदै गएको ‘शो’ को चिन्ताले बढि मात्रामा रक्सिको सेवन गर्ने गरेका कपिलले केही समय सुधारगृहमा पनि बस्नु परेको थियो ।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्