Logo
८ बैशाख २०८१, शनिबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश

शनिबार भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो हाफको सुरुमा नै गोल खाएको फ्रान्स ११ मिनेट तीन गोल गर्दै खेलमा फर्किएको थियो । उसका लागि केलिन एम्बाप्लेले लगातार दुई गोल गरेका थिए । खेलको इन्जुरी टाइममा सर्जियो एग्युरोले गोल गरे । काजानमा भएको खेलमा अग्रता पनि फ्रान्सले नै लिएको थियो । खेलको १३ औं मिनेटमा मार्कोस रोजोले एम्बाप्पेलाई फउल गरेपछि पाएको पेनाल्टीमा एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए ।

पहिलो हाफको निर्धारित समय सकिनु ४ मिनेटपछि एन्जल डि मारियाले उत्कृष्ट गोल गरे । दोस्रो हाफको सुरुमा अर्जेन्टिनाले अग्रता लियो । लिओनल मेस्सीको प्रहारमा मेकार्डोको खुट्टामा लागेर गोलमा परिणत भएको थियो ।

खेलको ५७ औं मिनेटमा बेन्जामिन पाभर्डले बराबरी गोल फर्काएका हुन् । खेलको ६४ र ६८ औं मिनेटमा एम्बाप्पेले लगातार दुई गोल गर्दै टिमको अग्रता ४–२ बनाए ।

 

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्