जलविद्युत आयोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु
विराटनगर : खोटाङमा जलविद्युत आयोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।
ऐँसेलुखर्क गाउँपालिका १ स्थित नावालिबिङ खोला जलविद्युत पावरहाउसमा कार्यरत कर्मचारी स्थानीय गणेश जोगीको मृत्यु भएको हो। उनी अपरेटरको रुपमा कार्यरत थिए ।
इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कले घटनाको अनुसन्धान गरिरहेको छ ।