Logo
७ बैशाख २०८१, शुक्रबार
(June 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इङ्ग्ल्यान्डलाई एक गोलले पराजित गर्दै बेल्जियम समूह विजेता

एजेन्सी : समूह ‘जी’को बिहिबार राती सम्पन्न भएको समूह चरणको अन्तिम खेलमा इङ्ग्ल्यान्डलाई एक गोलले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको छ।

बिहीबार राति भएको खेलमा बेल्जियमले इङ्ग्ल्यान्डलाई एक शून्य गोलले हरायो । बेल्जियमका लागि दोश्रो हाफको ५१ औं मिनेटमा जानुजाजले गोल गरे ।

हालसम्म यी दुई टोली अन्तर्राष्ट्रिय फुटबलमा पाँच पटक आमनेसामुने भएका छन् । जसमा तीन खेलमा बेल्जियम पराजित भएको छ भने दुई खेल बराबरी भएको छ ।

विजेता बेल्जियम र उपविजेत इङ्ल्यान्ड भएपनि दुवै टोली एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । दुवै टोलीले यसअघिका दुई खेल जितिसकेका छन् ।

नकआउट चरणमा बेल्जियमले समूह ‘एच’को उपबिजेता जापानसँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिष्पर्दा गर्ने छ भने इङलयान्डले कोलम्बियासँग खेल्नेछ ।

प्रकाशित मिति: Jun 29, 2018

प्रतिक्रिया दिनुहोस्