Logo
७ बैशाख २०८१, शुक्रबार
(June 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘रोजी’को टीजर रिलिजमा प्रेमिकामाथि प्रदीप खड्काले चलाए गोली (भिडियो)

युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘रोजी’ को टीजर सार्वजनिक भएको छ । यूट्युबभन्दा अगाडि फिल्मको टीजर फेसबुकमा अपलोड गरिएको छ । टीजरमा प्रदीपले आफ्नी प्रेमिका रोजी उर्फ परमिता आरएल राणामाथि गोली चलाएका छन् । उनले टीजरको अन्तिममा भनेका छन् मैले उसलाई मारेको होइन, मुक्ति दिएको हुँ । मलाई ऊबाट र उसलाई यो संसारबाट ।

टीजरमा प्रदीप ग्यांगस्टार लुक्समा प्रस्तुत छन् । उनको यो लुक्सले फिल्मप्रति दर्शकमा थप उत्सुकता जगाएको छ । यो फिल्म रोजी महर्जनको हत्या प्रकरणमा आधारित रहेको चर्चा छ । रोजीका आमा र बुबाले आफ्नो छोरीको नाम र हत्याको घट्नामा फिल्म बनाउन नदिने भन्दै पटकपटक रोजी टिमसँग छलफल गरिरहेका छन् । निर्माण टिम भने उक्त फिल्म रोजीको हत्या प्रकरणमा आधारित नभएको दाबी गर्दै आइरहेको छ ।

‘रोजी’ को अहिले अन्तिम चरणको छायांकन भइरहेको छ । निरक पौडेल निर्देशित यस फिल्ममा कर्मा शाक्य, मिरुना मगर, पल्पसा डंगोललगायतका कलाकारहरुको पनि अभिनय छ । टीजरमा फिल्मको प्रदर्शन मिति राखिएकोे छैन ।

प्रकाशित मिति: Jun 28, 2018

प्रतिक्रिया दिनुहोस्