Logo
७ बैशाख २०८१, शुक्रबार
(June 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा-पौडेल नजिकिदै, सिटौला, सिंह र केसीको अर्कै गुट

काठमाण्डौ, १४ असार : नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद कम हुँदै गएको छ । आगामी महाधिवेशनलाई लक्षित गरेर फरक फरक गुटका नेताहरुबीच पनि छलफल र सहकार्यको वातावरण बन्दै गएको हो । एक अर्काको आलोचना गर्दै आएका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच पनि पछिल्लो समय एकताको वातावरण बनेको बताइएको छ ।

सभापति देउवाको कार्यशैलीको विरोध गर्दै आएका पौडेलले आगामी महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न देउवालाई आग्रह गरेको बुझिएको छ । देउवाको बाँकी कार्यकालभरी आफूले सहयोग गर्ने र महाधिवेशनमा सहयोग लिने रणनीतिमा पौडेल लागेका हुन् ।

काग्रेस नेता रमेश लेखकले पनि पार्टीभित्र सकारात्मक पक्ष बढ्दै र नेताहरुबीचमा एकताको वातावरण बनेको बताएका छन् । हेटौडामा सम्पन्न जिल्ला सभापतिहरुको भेलापछि पार्टीभित्र एकताको वातावरण बन्दै गएको दाबी गर्दै उनले सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सहकार्य हुने बताए ।

यद्यपी आगामी महाधिवेशनका लागि कुन नेताले कस्तो रणनीति लिएका छन् भन्ने कुरामा आफूलाई जानकारी नभएको उनले बताए । पौडेल र देउवाबीच सहकार्यको चर्चा चले पनि कांग्रेसमा आगामी महाधिवेशनलाई लक्षित गरेर कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र प्रकाशमान सिंहबीच पनि सहकार्यको प्रयास भइरहेको नेताहरु बताउँछन् ।

प्रकाशित मिति: Jun 28, 2018

प्रतिक्रिया दिनुहोस्