Logo
७ बैशाख २०८१, शुक्रबार
(June 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाई राखौँ, खाली पेटमा चिया पिउँदा हुने बेफाइदाहरु यस्ता छन्

बिहान उठ्ने बितिक्कै कतिपयले मुख पनि नधोइ चिया पिउने गर्छन् जसलाई बेड टि भन्ने गरिन्छ । तर हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ खालिपेटमा चिया पिउनु हानिकारक छ । तथ्यांक अनुसार हाम्रो देशको करिब ८० देखि ९० प्रतिशत जनसंख्या बिहान उठ्ने बित्तिकै चिया पिउँछन । विशेष गरी गर्मी मौसममा खाली पेटमा चिया पिउँदा स्वास्थ्यमा हानि हुने समेत पत्ता लागको छ । बिहान चिया पिउने नै हो भने तपार्इंले बिहान उठेर हल्का नास्ता खाइसकेपछि मात्र चिया पिउनु स्वास्थ्यलाई राम्रो हुन्छ ।

बिहान उठेर खाली पेटमा चिया पिउँदा हुने हानीहरुः

– बिहान उठेर खाली पेटमा चिया पिउँदा बाइल जूसको प्रक्रिया अनियमित हुन्छ । जसले तपाईंलाई वान्ता हुनसक्छ र अप्ठेरो महसुस हुनसक्छ ।
– सामान्यतया ब्ल्याक टी लाई स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर, अत्याधिक पिएमा हानी पनि गर्नसक्छ । ब्ल्याक टी पिउँदा तौल घट्छ तर, पेट फुल्छ भने भोक लाग्दैन् ।
– अधिकांश मानिस दुध चिया पिउँने गर्दछन् । तर, कमैलाई मात्र थाहा छ कि खाली पेटमा दुध चिया पिउँदा चाँडै थकान महसुस हुन्छ । साथै व्यवहारमा चिडचिडापन (रिसाउने) स्वाभाव आदि आउँछ ।
– यदि तपाईंलाई पनि स्ट्रगं टी पिउन मनपर्छ भने सावधन हुनुस् । धेरै स्ट्रगं चिया पिउनेलाई अल्सर हुने खतरा हुन्छ । यसले पेटभित्र घाउ बनाउने सम्भावना एकदमै बढी हुन्छ ।
– कतिपय मानिसले एकैपटक धेरै चिया बनाउँछन् र त्यसलाई पटकपटक उमालेर पिउने गर्छन् । पटकपटक तपाएर चिया पिउनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ ।

प्रकाशित मिति: Jun 28, 2018

प्रतिक्रिया दिनुहोस्