Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक संजाल प्रयोगकर्तालाई अपराध अनुसन्धान महाशाखाको चेतावनी

काठमाण्डौ, १३ असार : महानगरीय अपराध अनुसन्धान महाशाखाले अपरिचित व्यक्तिहरुले पठाएको ‘फ्रेण्ड रिक्वेष्ट एसेप्ट’ नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै महाशाखाले सामाजिक संजाल प्रयोग गर्दा सचेत हुन आग्रह गरेको हो ।

महाशाखाले सामान्य तस्विरलाई विगार्ने, अश्लिल बनाउने र सामाजिक संजालबाट सार्वजनिक गर्ने प्रवृत्तिबाट टाढै रहन सचेत गराएको छ ।

फेसबुक, ट्वीटर, इन्टाग्राम लगायतका सामाजिक सञ्जालमा रहेका फोटाहरु तानेर विगारेर अश्लिल बनाएर पोष्ट गर्ने गतिविधि बढ्दै गएको महाशाखाको भनाई छ । साथै, जनमानसमा भ्रम सिर्जना गर्ने कुरा लेखेर विभिन्न व्यक्तिलाई अपमान एवं गाली गलौज गरी कमेन्ट गर्ने जस्ता गतिविधि नगर्न पनि महाशाखाले सचेत गराएको छ ।

त्यस्ता प्रकारको गैरकानुनी काम गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम दुई लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्