Logo
१२ बैशाख २०८१, बुधबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडा सदस्य समेतलाई मासिक तलवको ब्यवस्था, सभापतिलाई ४४ हजार

जनकपुर : प्रदेश नं २ अन्तरगत स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले नयाँ ब्यवस्था अनुसर तलव सुबिधा पाउने भएका छन् । वडा सदस्य तथा सभासदस्यलाई समेत मासिक तलवको ब्यवस्था गरिएको छ । प्रदेश नम्बर २ को प्रदेश सभाबाट यसबारे ब्यवस्था गर्न बनेको बिधेयक २०७५ पारित भएको हो ।

यस बिधेयक अनुसार अब स्थानीय तह अन्तरगत जिल्ला समन्वाय समितिका सभापतिको मासिक तलव भने सबै भन्दा बढी रहेको छ । बुधवार पारित भएको बिधेयक अनुसार सभापतिको मासिक तलव ४४ हजार हुने भएको छ भने गाँउपालिका अध्यक्षको मासिक तलव ३१ हजार पाउने भएका छन् ।

त्यस्तै नगरपालिकाका प्रमुखाले ३५ हजार, उपमहानगरपालिकाका प्रमुखले ४१ हजार, महानगर पालिकाका प्रमुखले ४३ हजार मासिक तलव पाउनेछन् । त्यस्तै तलाव सहित अन्य सुविधाहरु समेत तोकिएको छ ।

हेर्नुस् अन्य सबै सुविधाबारेको ब्यवस्था : 

 

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्