Logo
६ बैशाख २०८१, बिहीबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्पपछिको पुननिर्माणको लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माणको लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बुधबार हनुमान ढोकास्थित गद्धि बैठक भवन पुनर्निर्माणको उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले उक्त भवन ऐतिहासिक महत्वको भएको हुदाँ अझ राम्रो तरिकाले पुननिर्माण हुनुपर्ने बताए ।

उनले पुननिर्माणमा ध्यान दिदैं केहि समयका बाबजुद हनुमानढोका गद्धि बैठकको पुननिर्माण सम्पन्न भएको खुशी व्यक्त गरे । उनले हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्वको भएको भन्दै उनले पुननिर्माण गर्दा ध्यान दिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भवनको पुनर्निर्माण ९रेट्रो फिटिङ० का लागि सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् । २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण समस्यामा परेका नेपाली समुदायलाई अमेरिकी सरकारले सहयोग गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अमेरिकी सरकारले गरेको सहयोगको सह्राहना पनि गरे ।

उनले भने ,‘हामी भूकम्पले क्षतिग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ । हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।’

उक्त भूकम्पमा परि ९ हजार भन्दा बढी घर भत्किएको , ७ सय भन्दा धेरै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पूरातात्विक भौतिक संरचनामा क्षति पुगेको , लाखौं मानिस घरबार विहीन हुन पुगेको थियो । ती मध्ये केही सम्पदाहरुको पुननिर्माण भएको छ भने अझै धेरै सम्पदाहरुको पुनर्निर्माण गर्न बाँकी छ ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्