Logo
१५ चैत्र २०८०, बिहीबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेंगुरोग फैलन सक्ने भन्दै सार्ने लामखुट्टेको बासस्थानको खोजी

चितवन : डेंगु रोगबारे जानकारी भएर पनि यो रोग निम्त्याउने लामखुट्टे नियन्त्रणमा समुदायको पर्याप्त ध्यान पुग्न सकेको छैन । घर वरपर भाँडोमा पानी जमेर डेंगुरोग सार्ने लामखुट्टे हुर्कंदासमेत सरसफाइमा स्थानीय सचेत नभएको स्वास्थ्यकर्मीले बताएका छन् ।

रोग नियन्त्रणका लागि सचेतना कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वास्थ्यकर्मी यसतर्फ जनस्वास्थ्य कार्यालयले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले स्थानीय सचेत हुन नसकेको भन्दै जनस्वास्थ्य कार्यालयको ध्यानाकर्षणसमेत गराएका छन् । मुख्यगरी घर वरपर जमेको सफा पानीमा डेंगु सार्ने लामखुट्टेका लार्भा हुर्कने र लामखुट्टे बन्ने गर्छ । यस्ता भाँडा र टायरको बट्टामा पानी जम्न दिनु हुँदैन भन्ने जानकारी हुँदाहुँदै पनि सरसफाइमा स्थानीय समुदाय सचेत नभएको महिला स्वास्थ्य स्वयंसेविका शुभद्रा श्रेष्ठ बताउछन् ‘मानिसको सोचमा परिवर्तन आएको छैन, सबै काम स्वयंसेविका र जनस्वास्थ्य कार्यालयले गर्दिए हुन्थ्यो भन्छन्, आफ्नो अनुभव सुनाउँदै श्रेष्ठले भने, ‘अब उनीहरुको घर पनि हामीले सफा गर्दिने हो ।

रोगबारे सचेतना जगाउने, जानकारी दिने र सावधानी अपनाउने विषयमा जानकारी दिइने काम स्वास्थ्य स्वयंसेविकाको हो तर आफूहरुले भनेको धेरैजसोले नमान्ने गरेको गुनासो स्वयंसेविकाको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले सरसफाइ गर्नुभन्दा नमान्नेलाई तुरुन्त जानकारी दिन स्वयंसेविकालाई आग्रह गरेका छन् । विगतमा जनस्वास्थ्यका कर्मचारी देखिनेवित्तिकै यहाँ सफा गर्नु प¥यो भनेर भन्ने गरेको तीतो अनुभव सुनाउँदै केसीले पछिल्लो समयमा भने उनीहरुलाई नै सफा गर्न लगाउने गरेको बताए । विगतमा हाम्रो घरमा पनि टायर छ, सफा गरिदिनुप¥यो भनेर फोन आउने गरेको अनुभव उनले सुनाए ।

भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जीवन श्रेष्ठ स्वास्थ्यकर्मीको काम नै सचेतना फैलाउने भएको भन्दै यसतर्फ स्वयंसेविकाले चुस्त भएर काम गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले भने, ‘यो रोगबारे स्थानीयमा विगतभन्दा सचेतना बढेको हो ।’ चितवनमा यो आर्थिक वर्षमा ५८ जनामा डेंगु रोग देखिएको छ । डेंगु फैलन सक्ने भन्दै जनस्वास्थ्य कार्यालय चितवनले अहिले लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालेको छ ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्