Logo
१३ बैशाख २०८१, बिहीबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बुधबारदेखि मुलुकभर मनसुन सक्रिय

काठमाडौं १३ असार : आजबाट देशभर मनसुन सक्रिय हुने भएको छ । गत ८ जुनमा नेपालको पूर्व भागबाट फैलिएको मनसुनी वायु दुई साता बितिसक्दा पूर्वी र मध्य क्षेत्रमा मात्रै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अघिल्लो वर्षभन्दा चार दिन अघि नै नेपालमा मनसुन प्रवेश गरेको बताए पनि मुलुकभर फैलिने समय भने लम्बिएको जनाएको छ ।

एक सातामै मुलुकभर फैलिने गरेकोमा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । बुधबारदेखि सक्रिय हुने मनसुन कमजोर खालको हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्