Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म पप्पु कन्सट्रक्शनमा संलग्न छैन, मेरो चरित्र हत्या गर्ने प्रयास भयो : सांसद रौनियार

काठमाडौं, १२ असार : संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियारले आफू विगत एक वर्षदेखि पप्पु कन्सट्रक्शनमा संलग्न नरहेको जनाउँदै आफूलाई उक्त संस्थासँग जोडेर अहिले नियोजित रुपमा बद्नाम र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै कडा आपत्ति जनाएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर सांसद रौनियराले आफू सम्पूर्ण व्यवसायिक जीवनबाट अलग भएर पूर्णकालिन राजनीतिमा होमिएकोले अहिलेपनि पप्पु कन्स्ट्रक्सन प्रा.लि.सँग जोडेर पटक–पटक आफ्नो जोडेकोमा गम्भिर आपत्ति जनाएका हुन् ।

उनले भने,‘म त विगत एक वर्षदेखि यो प्रा.लीमा छैन, म त अब पूर्णकालिन राजनीतिमा होमिएको छु, आफ्नो ३५ वर्षे व्यवसायिक यो अनुभवनलाई अब राजनीतिको माध्यमबाट देशको सेवा गर्न आएको छु, अहिले विभिन्न पेशा तथा व्यवसायमा लामो समयसम्म अनुभव हाँसिल गरेका साथीहरु पनि सांसद बन्नुभएको छ, म पनि अब राष्ट्रसेवाकै लागि आएको हुँ।’

जेड.आई.सी–पप्पु जे-भी वीरगन्ज, पर्साको नाममा जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘यस निर्माण कम्पनीका बारेमा विगत केही दिनदेखि केही पत्रपत्रिका, टेलिभिजन र अनलाईन सञ्चारमाध्यमहरुमा आईरहेका दुराग्रहपूर्ण, कपोलकल्पित र भ्रामक समाचारप्रति हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ, सत्यतथ्य नै नबुझी मनगणन्ते शैलीका यस्ता समाचारको उद्देश्य यस कम्पनीका संस्थापक एवम् संघीय संसदका सदस्य माननीय श्री हरि नारायण रौनियारज्यूको राजनीतिक चरित्र हत्या र कम्पनीलाई बद्नाम गर्नेकुत्सित उद्देश्यबाट पचिारलित कमजोर मनोविज्ञानको उपज हो भन्ने हाम्रो ठम्याई छ।’

विज्ञप्तीमा थप भनिएको छ,‘सत्यताको नजिक नै नपुगी झुटो र काल्पनिक कुरालाई बढाईचढाई गरेर भ्रम फैलाउने र व्यक्तिगत एवम् संस्थागत प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यबाट सञ्चालित यस्तो निकृष्ट कार्यको घोर भत्र्सना गर्दछौं । विगत ३५ वर्षदेखि विकास निर्माणका आयामरुमा सक्रिय ‘क’ वर्षका यस कम्पनीका संस्थापक राष्ट्रिय राजनीतिको उच्च पदमा आसिन हुनु गौरवको कुरा हो, कम्पनीका संस्थापक माननीय रौनियार सक्रिय राजनीतिमा आउन त्यस अगाडि नै कम्पनीबाट अलग हुनुभएको व्यहोरा सर्वविदित विषय हो । तर, माननीय रौनियारलाई कम्पनीका बारेमा तथ्यहीन समाचार सामाग्रीसित जोडेर बद्नाम गर्ने दुष्प्रयास अत्यन्तै खेदजन्य कार्य हो।’

त्यतिमात्रै कम्पनीका प्रवक्ता दिपेश महर्जनका नाममा जारी विज्ञप्तीमार्फत आफ्नो कम्पनीका बारेमा भ्रम फैलाउन कम्पनीसँग सरोकारै नभएका कतिपय योजना र सरकारी नियकाको गैरजिम्मेवारी एवम् लापरवाहीका कारण भएका क्षतिमा समेत कम्पनीलाई दोषी देखाउन खोज्ने बद्नियत आपत्तिजनक रहेको बताईएको छ । पत्रकार सम्मेलनमा बोल्दै सांसद रौनियारले पेशा तथा व्यवसाय गरेर राजनीतिमा आउनु पाप हो त ? भन्दै उल्टै प्रश्न समेत गरेका छन् । उनले दिनहुँजसो सरकारले निर्माण व्यवसायीहरुलाई मात्रै दोषी देखाउने काम गरेकोमा पनि आपत्ति जनाए ।

उनले भने,‘के निर्माण व्यवसायीहरुकोमात्रै दोष छ त ? सरकारको दोष छैन त ? अहिले देशमा कुल १२ सय वटा पुलहरु निर्माणाधिन अवस्थामा छन्, तीनको लागत १२ खर्ब लाग्छ, सरकारले त्यसको २० प्रतिशत पनि पेमेन्ट दिन सकेको छैन, तर मिडियाले एकतर्फी रुपमा निर्माण व्यवसायीहरुलाईमात्रै दोष देखाउने काम गर्यो, सत्य तथ्य बुझ्नुपर्यो।’ यद्धपी उनले आफूले यी विषयमा निर्माण व्यवसायीको हैसियतले भन्दापनि सांसदको हैसियतमा आफ्नो गुनासो राखेको स्पष्ट पारे । आफूले कुनै गलत काम गरेको पुष्टि भए जस्तोसुकै सजायपनि भोग्न आफू तयार रहेको सांसद रौनियारको भनाई छ ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्