Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्रका एसपीले सडकमै मध्यरातमा पाईन्ट खोलेपछि …!

काठमाडौं, १२ असार : सशस्त्र प्रहरी बलका उपरिक्षक गोपाल गुरुङका कारण मध्यरातमा काठमाडौं बौद्धको बीच सडकमै लफ्डा गरेका छन् ।

मध्यरातमा उनी नेतृत्वमा रहेको तीन चार जनाको समूहले हो–हल्ला गर्दै बीच सडकमै पिसाब गरेपछि स्थानीयहरुले उनीहरुको गलत हर्कतको निन्दा गर्दै लखेटाका थिए ।

स्रोतका अनुसार उक्त समूहले मदिरा सेवन गरेर मध्यरातमा सडकको बीचमा बसेर होहल्ला मच्चाएको थियो । स्थानीयवासीले समातेर बौद्ध प्रहरीलाई खबर गरेको थियो ।

खबर लगत्तै प्रहरी उक्त स्थानमा पुगेको थियो । नियन्त्रणमा लिएर बुझ्दाखेरि त उक्त समूहका नाईके नै सशस्त्रका एसपी रहेको खुलासा भएको थियो । परिचय पत्रको फोटोकपी राखेर बौद्ध प्रहरीले उनीहरुलाई छोडिदिएको छ ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्