Logo
१३ बैशाख २०८१, बिहीबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुपरस्टार अनमोल केसी १५ लाखमा ‘क्याप्स’ को ‘ब्राण्ड एम्बेस्डर’

काठमाडौं : सुपरस्टार अनमोल केसी अचेल फिल्ममा मात्र होइन नेपालका ठूला कम्पनीले उत्पादन गर्ने ब्राण्डसँग जोडिन पनि महंगो पारिश्रमिक बुझ्ने गर्दछन् ।

हालैमा उनी १५ लाख पारिश्रमिकमा ‘क्याप्स’ ब्राण्डको लुगाको एम्बेस्डरमा नियूक्त भएका छन् । १ बर्षको कन्ट्रयाकमा अनमोल नेपालका लागि ‘क्याप्स’ को एम्बेस्डर बनेका हुन् ।

ुक्याप्टेनु फिल्मको सुटिङ सेटमै पुगेर शनिबार ुक्याप्सु ब्राण्डको तर्फबाट गौतम बैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सर्वाधिक फ्यान फलोइङ भएका स्टार भएकै कारण आफ्नो ब्राण्डप्रति ग्राहक आकर्षणका लागि अनमोल पहिलो रोजाइ बनेको गौतमले बताएका छन् ।

नेपाली ब्राण्ड ‘क्याप्स’ ले काठमाडौं सहित नेपालगञ्ज, पोखरा, बुटवल, धरान, बिराटनगर, इटहरी, जनकपुरलगायत देशका ५० बढी स्टोरहरुमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्