Logo
१३ बैशाख २०८१, बिहीबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागुऔषधको दुव्र्यसनलाई गम्भीर समस्याका रुपमा लिइएको छ : गृहमन्त्री थापा

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५ हालै जारी गरेको बताएका छन् । गृहमन्त्रालयले ‘लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले ‘समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई पूरा गर्न कार्ययोजना सहयोगी हुने बताए ।

गृहमन्त्री थापाले मुलुक समृद्धको उचाइमा पु¥याउन स्वास्थ्य, सिर्जनशील युवाको खाँचो रहेको भन्दै यस्ता युवा–युवतीलाई लागुऔषधमा फस्न नदिन गृहमन्त्रालयले कार्ययोजना मार्फत काम गरिरहेको उल्लेख गरेका छन् । ‘देशका भविश्यका कर्णधार मानिने किशोर–किशोरी तथा युवा–युवतीमा देखिएको लागुऔषधको दुव्र्यसनलाई सरकारले गम्भीर समस्याका रुपमा लिएको छ’, उनले भने ।

विश्वव्यापी रुपमा भइरहेको लागुऔषध सम्बन्धी समस्याबाट नेपाल पनि प्रभावित रहेको भन्दै उनले लागुऔषधको खेती, उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनजस्ता कानूनी अपराधलाई रोक्न सबै लाग्नुपर्छ भने । लागुऔषध दुव्र्यसनीलाई रोकथाम गर्न नागरिक स्तरबाटै विशेष सचेतना अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज देशभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छन् ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्