Logo
८ बैशाख २०८१, शनिबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुहार तथा छालामा बसेको दाग कसरी हटाउने ?

एजेन्सी : सानो छँदा कति पटक लड्नुभयो होला । चोटपटक लाग्यो होला । त्यसबेलाको दाग अहिलेपनि होला । अथवा काम गर्दा तपाईको हातखुट्टामा सानोतिनो चोट लाग्यो होला ।

अनुहार तथा छालामा बसेको दागकै कारण व्यक्तिको सौन्दर्यतामा समेत आँच आउने गर्दछ । त्यसैले, पछिल्लो समय मानिसहरु यस्ता दाग हटाउन विभिन्न उपाय अपनाउने गर्दछ । विशेषगरी, लेजर ट्रिटमेन्ट, सर्जरीद्धारा पनि मानिसहरु यस्ता दाग हटाउन हरसम्भव प्रयास गर्दछन् ।

कागती : शरीरमा भएको दाग मेटाउनका लागि कागतीको प्रयोग पनि राम्रो मानिन्छ । कागतीमा प्राकृतिक व्लिचिङ्ग गुण रहेको हुन्छ, जुन चोटका करण शरीरमा लागेको दाग कम गर्न सहायक मानिन्छ । तर कुनै पनि दागमा कागतीको प्रयोग गर्दा त्यसलाई सिधै घाउमा लगाउनु हुँदैन ।

बेसार : बेसारमा प्राकृतिक व्लिचिङ्ग गुण हुन्छ, जसले घाउका कारण लागेको दाग कम गर्नमा मद्दत गर्छ । बेसारलाई मह वा दहीमा मिसाएर दागमा लगाउनु पर्छ । यति गरेमा यो दाग क्रमश कम हुँदै जान्छ ।

मह : महद्धारा पनि घाउको दागलाई सजिलै मेटाउन सकिन्छ । महमा कागतीको रस मिसाएर छिट्टै दाग कम हुने गर्छ ।

काक्रोँ : शरीरलाई स्वस्थ राख्न तथा छालालाई नरम बनाउन तथा शरीरलाई हाइड्रेट राख्न काक्रो लाभदायक मानिन्छ । काक्रोको पेस्टलाई नियमित रुपमा ठाउँमा लगाएको खण्डमा मात्र पनि घाउका कारण भएको दाग विस्तारै कम भएर जान्छ ।

चन्दन : चन्दन पनि अनुहारको लागि राम्रो मानिन्छ । चन्दनको पाउडरमा दुई चम्चा दूधको साथमा गुलाव जल मिसाएर त्यसको पेस्टलाई घाउमा लगाएर करिब एक घण्टा सुक्नको लागि छोड्नु पर्छ । अब यसलाई चिसो पानीले धुनु पर्छ । यो प्रकृया नियमति रुपमा अपनाएको खण्डमा अनुहारको दाग क्रमश कम हुँदै जान्छ ।

एलोभेरा : एलोभेरा जेल अनुहारका लागि निकै फाइदाजनक मानिन्छ । यो जेललाई राती सुत्नु अगाडी दाग भएको ठाउँमा लगाउनाले दागमा फाइदा हुन्छ ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्