Logo
७ बैशाख २०८१, शुक्रबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेतबारीमा लगाएको मकैबाली नष्ट गर्न थालेपछि आँपटारका कृषक बाँदरबाट हैरान

गाईघाट : खेतबारीमा लगाएको मकैबाली फल लागेर खाने समय हुन लागेपछि जंगलबाट बाँदर पसेर नष्ट गर्न थालेका कारण यतिखेर उदयपुर जिल्लाको रौतामाई गाउँपालिका आँपटारका कृषक बाँदरदेखि आतंकित बन्न पुगेका छन् ।

आँपटारको कुर्लेटार, कालीमाटी, कदीमा गाउँ क्षेत्रमा लगाएको मकैबाली जंगलबाट ठूलो संख्यामा दैनिक बिहान, दिउँसो र बेलुकी बाँदर प्रवेश गरेर नष्ट गर्न लागेको कालीमाटीका कृषक भुपेन्द्रध्वज राईले बताए ।

राईका अनुसार एक हप्तादेखि बाँदरले गाउँको मकै बालीमा ठूलो क्षति पु¥याएको र बाँदर खेतबारीदेखि घरघरसम्म नै आउन थालेको राईले बताए । कुर्लेटार क्षेत्रमा पनि केही दिन यतादेखि बाँदरले खेतबारीमा लगाएको मकैबाली नष्ट गर्न थालेपछि घरघरका परिवार र नानीहरुसहित रातदिन खेतबारीमा नै मकैबाली रुँगेर समय बिताउनु परेको स्थानीय रत्नबहादुर कटुवाल बताए ।

बाँदरले अतिनै दुःख दिने र मकैबाली नष्ट गर्न थालेपछि विद्यालय जाने नानीसमेत विद्यालय नगएर दिनभरि मकैबाली रुँग्न बाध्य हुनु परेको कटुवालले बताए ।

एक हप्ताभित्र झण्डै ४० रोपनी क्षेत्रफलको मकैबाली बाँदरले नष्ट गरेको समेत कटुवालले बताए ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्