Logo
५ चैत्र २०८१, बुधबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्यधिक गर्मी बढेपछि चार दिनका लागि विद्यालय बन्द

भीमदत्तनगर : अत्यधिक गर्मी बढेपछि कञ्चनपुर भीमदत्तनगरपालिकाले चार दिनका लागि नगरक्षेत्रका विद्यालयको अध्यापन बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहको संयोजकत्वमा बसेको बैठकले मंगलबारदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपप्रमुख सिंहले अत्यधिक गर्मीका कारण विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकमा शिक्षकको पेशागत संघ संगठनका पदाधिकारीको पनि सहभागिता थियो ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्