Logo
६ बैशाख २०८१, बिहीबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वियरिस ट्रेन्डमा नेप्से, २० करोड रुपैयाँभन्दा पनि कम कारोबार

साताको पहिलो दिन आइतबार झिनो अंकले बढेको नेप्से सोमबार भने झण्डै दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ९।७२ अंकले घटेर १२१०।०९ मा झरेको छ । सेयर बजारप्रति लगानीकर्ता आशावादी हुन नसक्दा पछिल्ला दिनमा परिसूचक मात्र होईन सेयर कारोबार रकममा पनि मन्दी छाउन थालेको छ ।

सोमबार १५८ कम्पनीका ५ लाख ७४ हजार ७८१ कित्ता सेयर १८ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम झण्डै ३ करोडले घटेको छ । आइतबार २० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

नेप्सेमा कारोबारमा आएका नौं उप समुह मध्ये होटल र उत्पादन तथा प्रशोधन समूह मात्रै बढेको छ । बाँकी ७ समुह भने घटेका छन् । सबैभन्दा बढी बढेको होटल समुह २।२६ अंक र उत्पादन तथा प्रशोधन समुह १।८६ अंकले मात्र बढेको छ ।

यस्तै बीमा समुह ७९।७६ सबै भन्दा धेरै अंकले घटेको छ । बीमा समुहसंगै बैंकिङ्ग, विकास बैंक, हाईड्रोपावर, फाईनान्स, माइक्रो फाईनान्स र अन्य समुह पनि ओरालो लागेका छन ।

शिर्ष कारोबार भएका १० मध्ये ८ कम्पनी बैंकिङ्ग समूहका छन् । एसबीआई बैंक, नेपाल बंगलादेश, सेञ्चुरी कर्मशियल, सिटिजन बैंक, मेगा बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक छन् । ग्रामिण विकास लघुवित्त पनि धेरै कारोबार हुने कम्पनीभित्र समेटिएको छ ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्