Logo
७ बैशाख २०८१, शुक्रबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि आजदेखि एउटै समयमा २-२ खेल

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजदेखि दैनिक चारवटा खेल हुँदैछन् । यसअघि हरेक दिन तीनवटा खेल खेलाइएको थियो । तर समुहचरणका अन्तिम खेल सुरु भएसँगै दैनिक चारवटा खेल खेलाउन लागिएको हो । चारवटा खेलमध्ये पनि एउटै समयमा दुई दुईवटा खेल हुँदैछन् । समुह चरणबाट अन्तिम १६ मा कुन कुन टिम पुग्छन् भन्ने आजबाट टुङ्गो लाग्दैछ ।

हरेक समुहका खेलमा प्राय एउटा खेलको नतिजाले अर्को खेललाई प्रभावित पार्न सक्ने भएकाले एउटै समयमा दुई दुईवटा खेल खेलाउन लागिएको हो । एउटै समुहमा रहेका चार टिम एउटै समयमा खेल्नेछन् । फरक फरक समयमा खेलाउँदा पहिलो खेलको नतिजाअनुसार दोस्रो खेलको रणनीति परिवर्तन हुने वा म्याच फिक्सिङसमेत हुन सक्ने भएकाले एउटै समयमा दुई खेल खेलाउन लागिएको हो ।

जस्तो : आज हुने दोस्रो समयको खेलमा समूह बी का पोर्चुगल र इरान आमने सामने हुनेछन् । त्यही समयमा स्पेन र मोरक्को खेल्दैछन् । यो खेलमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछ । पहिलो खेलमा पोर्चुगललाई इरानले हराएको खेलमा पोर्चुगल अन्तिम १६ मा पुग्नका लागि अर्को खेलमा स्पेनले हार्नुपर्ने हुन्छ । यस्तो अवस्थामा अस्वभाविक खेलेर नतिजा बदलिन सक्ने भएकाले एउटै समयमा दुई वटा खेलाउन लागिएको हो ।

समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेका साउदी अरब र इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ । खेल भोल्गोग्राड एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । दुवै राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाइ मात्र हुनेछ । साउदी अरब पहिलो खेलमा आयोजक रूससँग ५–० तथा दोस्रो खेलमा उरुग्वेसँग १–० ले पराजित भएको थियो।

इजिप्ट भने पहिलो खेलमा उरुग्वेसँग १–० र रसियासँग ३–१ ले स्तब्ध भएको थियो। समूह ‘ए’ बाट रसिया र उरुग्वे अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । आजै हुने अर्को खेलमा बेलुका ७ः४५ मा समुह ‘ए’ कै उरुग्वे र रसिया भिड्नेछन् । सो खेल समारा एरिना रंगशालामा हुनेछ । यी दुई टोलीबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

त्यस्तै मोर्डोभिया एरिना सारांस्क रंगशालामा हुने अर्को खेलमा राती ११ः४५ मा समूह बी का पोर्चुगल र इरान आमने सामने हुनेछन्। पोर्चुगलले पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी र दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको थियो ।

इरान भने पहिलो खेलमा मोरक्कोसँग १–० र दोस्रो खेलमा स्पेनसँग समान १–० ले हारेको थियो। यो समूह बाट मोरक्को बाहिरिसकेको छ भने स्पेन र पोर्चुगल र इरान मध्ये एक टोली यो खेलपछि बाहिरिने छन् । यता सोही ११ः४५ मै कालिनिन्गराड रंगशालामा हुने अर्को खेलमा स्पेन र मोरक्को खेल्दैछन् । यो खेलमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछ ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्