Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नाई नभन्नु ल ५’ फस्टलूक सार्वजनिक : सेड्रिनासँग अनुभवको रोमान्टिक अवतार

काठमाडौं : चलचित्र ‘नाई नभन्नु ल ५’ को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा स्वस्तिमा खड्का, अनुभव रेग्मीका साथ डेब्यु कलाकार अभिषेक नेपाल सेड्रीना शर्मा फिचर छन् ।

बिकासराज आचार्यको निर्देशन रहेको ‘नाई नभन्नु ल’ को पाँचौं सिरिजमा प्रियंका कार्की, दिलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । यसै चलचित्रबाट अभिनेत्री निरुता सिंहले कमब्याक गर्दैछिन् ।

सामिप्याराज तिमल्सिनाले लेखेको चलचित्र ‘नाई नभन्नु ल’को यो पाँचौ भागमा पुरुषोत्तम प्रधानको छायाँकन,बसन्त सापकोटा संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ ।

‘नाई नभन्नु ल’ को सबै सिरिज पारिवारिक कथामा बनेका छन् भने यो पाँचौं सिरिजमा पारिवारिक कथा संगै लब स्टोरीले पनि राम्रो स्थान पाएको छ ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्