Logo
१२ बैशाख २०८१, बुधबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वालिङ नगरपालिकाका लक्षित वर्गका लागि सुधारिएको चुलो वितरण

वालिङ : वालिङ नगरपालिकाका लक्षित वर्गका लागि फलामको सुधारिएको पोर्टेबल ९यता उता सार्न मिल्ने० चुलो निःशुल्क वितरण गरिएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ स्याङ्जाको व्यवस्थापनमा वालिङ नगरपालिकाभित्रका ५२० जनालाई चुलो वितरण गरिएको हो ।

दलित, लोपोन्मुख, आदिवासी, जनजातिलगायतका लक्षित वर्गका लागि स्वच्छ ऊर्जा कार्यक्रमअन्तर्गत चुलो वितरण गरेको दलित उत्थान समन्वय समिति स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए ।

वालिङ नगरपालिकाभित्रका १, २, ३, ४, ८, १०, ११, १२, १३ र १४ नं वडाका विभिन्न भागमा बसोबास गर्ने लक्षित वर्गका लागि चुलो वितरण गरिएको हो ।

वालिङ नगर उपप्रमुख कल्पना तिवारीले सो चुलोले वातावरण प्रदूषणमा कमी हुनुका साथै स्वास्थ्यका दृष्टिले पनि निक्कै उपयोगी हुने विचार व्यक्त गरे ।

पहिलो चरणमा वितरण प्रक्रियामा छुट भएका लक्षित वर्गका लागि एक महिनापछि थप चुलो वितरण गरिने र त्यसका लागि परिचय खुल्ने कागजात संकलन गरिएको अध्यक्ष रनपालले बताए ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्