Logo
७ चैत्र २०८१, शुक्रबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग फेला

हेपाटाइटिसजस्तै रोग देखा प¥यो

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ ।

एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुुख डा सुरेन्द्रप्रसाद भट्टले बताए ।

उपचारका लागि स्वास्थ्यचौकीमा पुगेका बिरामीमा एकैखाले लक्षण देखा परेकाले रोग देखिएको हो । उनीहरुमा आँखा पहेँलो हुने, ज्वरो आउने, वाकवाकी लाग्नेलगायतको लक्षण देखिएका छन् ।

आज चिकित्सकको टोली रोग देखा परेको क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने तथा रोगको निदानलगायतका बारेमा अध्ययन अनुसन्धान गर्ने उनले बताए । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो ।

यस रोगले मानिसको कलेजोमा असर गर्ने गर्दछ । अन्य मौसमभन्दा वर्षात्को समयमा यस्तो रोग बढी देखा पर्दछ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ ।

मानव शरीरमा महत्वपूर्ण अंगका रुपमा रहेको कलेजो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि यस रोगका कारक भएको डा भट्टको भनाइ छ ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्