Logo
७ बैशाख २०८१, शुक्रबार
(June 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका एलिना खनालको तीजको गीत ‘मुख चुच्चो पार’ सार्बजनिक

काठमाडौं : गायिका एलिना खनालको तीज गीत भिडियो सार्बजनिक गरिएको छ । ‘मुख चुच्चो पार’ बोलको गीतमा गायिका एलिनाको साथमा गणेश अधिकारीको पनि स्वर समाबेश गरिएको छ ।

केही समय अघि मात्रै प्रकाश सपुतको ‘बोल मायाँ’ बोलको गीतमा अभिनय गरेर दर्शकको मन जितेकी मोडल अञ्जली अधिकारीको तीजको गीतमा छमछमी कम्मर भाँचेको भिडियो सार्वजनिक भएको छ । सम्पूर्ण दर्शकलाई भावुक बनाएकी मोडल अञ्जलीले फेरि एकपटक दर्शकलाई रमाईलो प्रदान गरेकी छिन् ।

गायिका एलिना खनालको तीज गीत ‘मुख चुच्चो पार’ बोलको गीतमा मोडल अञ्जलीसँगै सुजन कोइरालाले पनि कम्मर मर्काएका छन् । सुत्र इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको हो ।

हिन्दु नारीहरुको महान चाड तीजमा नारीहरुले ब्रत बस्ने र नाचगान गर्ने परम्परा रही आएको छ यसै चाडलाइ समेटेर थुप्रै तीज गीत हरु बन्ने गर्दछन यो गीत रमाइलो र सन्देश मुलक बनाउने प्रयास गरिएको छ ।

गीत अनुसार भिडियो पनि उत्कृस्ट बनेको छ । बोलमाया गीतमा भाबुक अभिनय गरेर थुप्रै दर्शक श्रोतालाइ रुवाउन सफल भएकी मोडल तथा कलाकार अन्जलिले यस भिडियोमा गज्जबको नृत्य गरेकी छिन । गायिका एलिनाले यस गीत र भिडियोलाइ दर्शकले मन पराउनेमा पूर्ण आशाबादी रहेको सेलिब्रेटी नेपाललाइ बताएकी छिन ।

प्रकाशित मिति: Jun 24, 2018

प्रतिक्रिया दिनुहोस्