Logo
८ बैशाख २०८१, शनिबार
(June 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफना समर्थक सहित डा. गोविन्द केसीले फेरि प्रदर्शनमा

काठमाडौं : आन्दोलनको अर्को नाम बनेका डा. गोविन्द केसीले फेरि प्रदर्शन थालेका छन् । माइतीघर मण्डला क्षेत्रमा प्रदशन निषेध गर्ने निणर्य तल्काल फिर्ता गर्न माग गर्दै डा गोविन्द केसी र उनका समर्थकले शनिवार माइतीघर मण्डलामा प्रदर्शन गरका छन् ।

सरकारलाई बारम्बार ध्यानाकर्षण गराउदा पनि निषेधित क्षेत्र फुकुवा गर्ने लगायत चिकित्सा शिक्षासँग सम्बन्धित आफूले उठाएका माग पूरा नभएको भन्दै केसीले प्रदर्शन गरेका हुन् । प्रर्दशनलाई सम्बोधन गर्दै डा. केसीले नागरिकको अभिव्यक्ति र स्वतन्त्रतामाथि राज्यले आघात पु¥याउने कोसिस गरेको बताए ।

केसीले सरकारले अपराधी ठहर भएका र जेल सजाय भोगीरहेका व्यक्तिलाई कानुनी चोर बाटो खोजेर रिहा गर्ने र अकालमा मारिएका छोरालाई न्याय माग्दा माग्दै मृत्युवरण गरेका नन्दप्रसाद तथा अनशनरत गंगामायाका मागप्रति चरम बेवास्ता गरेर बिधिको शासनको धज्जी उडाएको आरोप लगाए ।

उनले राज्यका गलत कामको विरोध नगर्ने हो भने अवस्था झनै बिग्रने भएकाले सचेत नागरिकका हैसियतले खबरदारी गर्न आग्रह गरे । उनले चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न समेत माग गरे । केसीमा विगतमा राख्दै आएका माग फेरि दोहो¥याएका छन् ।

डा. केशीका माग यस प्रकारका छन् :

१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर यथारुपमा पारित गरिनु पर्ने ।

२) माइतीघर मण्डला क्षेत्रमा प्रदशन निषेध गर्ने निणर्य तल्काल सदाका लागि र्फिता गरियोस् ।

३) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहराइएका पदाधिकारीहरुलाई आयोगको सिफारिस बमोजिम कारबाही गरियोस् । त्रिविले खोसेको अधिकार आइओएममा फिर्ता गरिनुपर्ने ।

४) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिबेदन कार्यान्वयन गरिनुपर्ने ।

५) कथित छात्रावृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृति २ बर्ष अनिवार्य सेवाको व्यवस्था गरिनुपर्ने

६) चिकित्सकहरु माथि हुने धम्की र आक्रमण रोम्न यथोचित कानुनको निर्माण र कार्यान्वयन गरिनुपर्ने जस्ता मागहरु रहेका छन् ।

प्रकाशित मिति: Jun 23, 2018

प्रतिक्रिया दिनुहोस्