Logo
११ बैशाख २०८१, मंगलबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभामा मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौँ : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद प्रकाश रसाइली, प्रेम सुवाल, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिनाले मूल्यवृद्धिका कारण कालोबजारी पनि बढेकाले यसलाई रोक्नुपर्नेमा जोड दिएका हुन् । उनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यस्को प्रभाब विभिन्न क्षेत्रमा पनि परेको र यसै विषयमा सडकमा आवाज उठाउने विद्यार्थी संगठनका मागको सम्बोधन नगरिएकामा आपत्ति पनि जनाए । सांसद शान्ता चौधरीले कमलरी प्रथाको अझै पनि अत्य हुन नसकेको र अहिले पनि करिब १०० महिला कमलहरीका रुपमा काम गर्न बाध्य भएको र यसै क्रममा ११ वर्षीया अस्मिता थारुको हत्या सम्बन्धी घटनामा छानबिन गर्न आग्रह गरेका छन् ।

उनले आत्महत्या भनिएको सो घटनामा बालिकाको दुबै हातमा खिल गाडिएको र शरीरभर निलडाम भएकाले सो घटना आत्महत्या नभइ हत्या गरिएको आशंका भएकाले छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन गृहमन्त्री समक्ष आग्रह गरेका छन् ।

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्