Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन तस्करी प्रकरणमा होटेल व्यवसायी अकबर शाह पक्राउ

काठमाडौं : बहुचर्चित बनेको सुन तस्करी प्रकरणमामा संलग्न रहको आशंकामा थप एक होलेट व्यवसायी पक्राउ परेका छन्।

सरकारले गठन गरेको अनुसन्धान समितिले ललितपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका व्यवसायी अकबर शाहलाई बिहीबार बेलुका नियन्त्रणमा लिएको हो। शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको स्रोतले बताएको छ।

सरकारी छानविन समितिले शाहलाई बिहीबार साँझ नियन्त्रणमा लिएर सोधपुछ थालेको हो । रेष्टुरेष्ट व्यवसायी शाह पनि सुनको लगानीकर्ता भएको समितिको आशंका छ। उनी सञ्चार उद्यमी स्वर्गीय जमिम शाहका आफन्तसमेत हुन्।

समितिले सुन तस्करी र हुण्डी कारबारमा संलग्न भएको आशंकामा हालै मात्र विमल पोद्दारलाई पक्राउ गरेको थियो। उनी हुण्डी कारोबारी भएको खुलेको छ।

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्