Logo
१२ बैशाख २०८१, बुधबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३ किलो सुन तस्करी प्रकरण: रेष्टुरेण्ट व्यवसायी अकवर शाह पक्राउ

काठमाडौँ : ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ नामको हाई क्वालिटीको रेष्टुरेण्ट व्यवसायी अकवर शाह पक्राउ परेका छन् ।

शाहलाई काठमाडौंबाट नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुन तस्करी तथा सनम हत्या अनुसन्धान गर्न गठित समितिले जनाएको छ । सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग सम्पर्कमा रहेको खुलेपछि शाहलाई नियन्त्रणमा लिएको बताइएको छ । छिरिङसँगको साझेदारीमा पटक–पटक सुन तस्करी गर्दै आएका शाहलाई बिहीबार नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेको छानविन समितिका सदस्यले जानकारी दिएका छन् ।

प्रारम्भिक बयानमा दुई करोड लगानीमा हाई क्वालिटीको फुड सर्भ गर्ने पाश्चात्य शैलीको सञ्चालन गरिएको शाहले समिति समक्ष बयान दिएका छन् भने शाहले पछिल्लो ३३ किलो सुन तस्करीमा आफू असंलग्न रहेको बताएका छन् ।

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्