Logo
७ बैशाख २०८१, शुक्रबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

खजुरा : बाँके जिल्लाको कोहलपुरमा मोटरसाइकलको ठक्करले एक जनाको मृत्यु भएको छ ।

पसर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर–तिनघरुवा किरण नाला नजिकै बासगढीतर्फ जाँदै गरेको बा ७४ प ४३५७ नम्बरको मोटरसाईकलले पैदल यात्री कोहलपुर ५ का टेलर व्यवसायी ५८ वर्षीय सर्पे परियारको मृत्यु भएको हो ।

गएराति ९ बजे बाटो काट्ने क्रममा मोटरसाईकलको ठक्करले गम्भीर घाईते परियारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्